बाइडन र ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए । ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताएका थिए । साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिएनन् । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए । तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए । त्यतिमात्रै होइन निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकहरुले संसद भवनमा तोडफोड समेत गरेका थिए । ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले जनाएको छ । ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...