आन्दोलन शान्तिपूर्ण बनाउनू : रवि लामिछाने



 

 

मंगलबारदेखि रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बुधबार नेताहरूसँग भेटघाट गरेका छन् । लामिछानेले बुधबार बिहान पार्टीका नेतासँग अलग-अलग भेटेर बाहिरी अवस्था बुझेका छन् भने आवश्यक निर्देशन पनि दिएका छन् । बुधबार बिहान रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरा, संगठन विभाग प्रमुख शंकरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकलगायतका नेताले अलग-अलग भेटेका थिए । उनले आफूलाई भेट्न आएकासँग न्यायिक पद्धतिलाई सघाउन तयार भएपनि सरकारले प्रतिशोध राखेरै बयान लम्ब्याएको र मानसिक दबाब दिन खोजिरहेको बताएका छन् । यद्यपि ढुक्क भएर आफ्नो भनाइ राखिरहेको उनले बताएका छन् । आन्दोलनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन नेतृत्वलाई आग्रह गर्दै सरकारले प्रतिशोधमा फसाउनेगरी बनाएका रणनीति सफल नहुने भन्दै ढुक्क रहेर साथ दिन आग्रह गरेको भेटका लागि गएका एक नेताले बताए । मंगलबार पोखराबाट जहाजमा ल्याइएका रविको साढे १२ बजेदेखि साँझ ६ बजेसम्म मौखिक बयान लिइएको थियो । प्रहरीले उनलाई केही समय आराम गर्न भनेपनि आफू बयानका लागि तयार भएको बताएपछि बयान तत्काल सुरू गरियो ।रविलाई भेट्न पुगेकाहरूले आन्दोलन र समसामयिक परिवेशको जानकारीसँगै आन्तरिक योजनाको छलफल गरेका छन् । रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले सभापति न्यायिक प्रोसेसलाई सघाउन तयार भएको र उच्च मनोबलका साथ बसेको बताए । ‘मैले बिहान १० मिनेट हिरासतमै भेटेर आएँ, अरु केही साथीहरूले पनि भेट्नुभएको छ, उहाँले न्यायिक प्रोसेसलाई खुलेर सघाउने जनाउनुभएको छ’ पाठकले  भने, ‘सरकारले प्रतिशोध राखेर यति धेरै समय लिइरहेको छ, थकाउन खोजिरहेको छ, बाहिरको माहोल कस्तो छ ? जसरी पनि आन्दोलनलाई शान्तिपूर्ण बनाउनुहोस्, अराजक बनाएर गलत तत्वले हामीलाई आक्षेप लगाउने हुनसक्छ, त्यसमा सचेत हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
दुई लाख नयाँ सदस्य थप्ने एमालेको योजना

    नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ सम्बन्धी अवधारणा पत्रको प्रस्ताव

३२ सिटलाई जादुको नम्बर भन्नु सत्ता लिप्सा : एमाले

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश

एमालेविरुद्धका झुटा प्रचार तथ्यका आधारमा खण्डन गरौँ : ओली

    प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील

केन्द्रीय कमिटी बैठक : थापा र गौतमको संयोजकत्वमा दुई समिति गठन

  नेकपा एमालेको आइतबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले