राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईको यस्तो गुनासो



हाम्रो इकोनोमि

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १०० जना कर्मचारीलाई विभागीय कारबाही गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी उनले निजामती सेवा ऐन २०४९ जारी भएको ३० वर्षभन्दा बढी लामो समयमा सम्बन्धित निकाय तथा विभागले १०० जना कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताए । बैठकमा उनले भने, ‘बदमासी गर्ने कर्मचारीलाई कारबाही गर्ने जिम्मेवारी आयोगको मात्रै होइन, सम्बन्धित निकायको पनि हो नि, तर निजामती सेवा ऐन २०४९ जारी भएको ३० वर्ष बितिसक्यो । अहिलेसम्म १०० जना कर्मचारीलाई पनि सम्बन्धित निकायले स्पष्टीकरण सोध्ने तथा विभागीय कारबाही गर्न सकेको छैन । विभागीय प्रमुखले कर्मचारीमाथि कारबाही गर्दा र गर्न खोज्दा ट्रेड युनियनको दबाबमा कार्यालय प्रमुखको सरुवा हुने गरेको र कतिपय अवस्थामा कालोमोसोसमेत खानुपरेको उनले बताए । प्रमुख आयुक्त राईले भने, ‘हरेक निकायमा ट्रेड युनियन छ । यदि कार्यालय प्रमुखले विभागीय कारबाही ग¥यो वा स्पष्टीकरण सोध्यो भने कालोमोसो दलिन्छ वा सरुवा भएर जान्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...