रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी



हाम्रो इकोनोमि

 

 

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने समाचारका खण्डन गरेको छ । आज प्रहरीले विज्ञप्ति जारी गर्दै लामिछानेमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेको हो । लामिछानेले अदालतको इजलासमा आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका लामिछानेका वकिलले दावी गरेका थिए ।‘प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीद्वारा जारी वज्ञप्तिमा भनिएको छ । तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने प्रहरीले उल्लेख गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...

लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...