एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सचिवालयको निर्णयअनुसार एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षर गरी पठाउनु भएको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ । कात्तिक ४ गते बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको एमालेले जनाएको छ । पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात  दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ । विधानको उक्त धारामा पार्टी निर्णय विपरित कार्य गर्नेहरुलाई निलम्बन, जिम्मेवारीबाट हटाउने र निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । एमालेले कात्तिक ५ गते नै स्पष्टिकरण सोधिएको पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...

लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...