राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राज्यपक्षले ज्यादतिपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् । आज म्याद थपका लागि अदालत प्रस्तुत गरिँदा न्यायाधिससामु उनले सो गुनासो गरेका हुन् । उनी इजलासमा निकै आक्रोशितरूपमा प्रस्तुत भएको स्रोतले बतायो । ‘माथि’ को निर्देशनमा प्रहरीले आफूलाई राम्रो व्यवहार नगरेको र मानसिक यातना दिएको उनले दाबी गरेका थिए । उनको म्यादसम्बन्धी सुनुवाइ न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको थियो । रविका वकिल वरिष्ठ अधिवक्ता नारायण घिमिरेले सुरूमा रविले केही बोल्न चाहेको बताएका थिए । त्यसपश्चात प्रहरी उपरीक्षकले प्रश्न गरे, ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभएको छ ?प्रहरीको यस्तो प्रश्नले रवि उत्तेजित बनेका थिए । उनले भने, ‘ममाथि तपाईंहरूबाट अन्यायपूर्ण व्यवहार भएको छ । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । मैले सबैतिर बयान दिएको छु । सबै परीक्षामा पास भएको छु । मेरो कतै पनि सहभागिता नरहेको प्रष्ट भइसकेको छ । तर, राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो । रविले आफ्नो स्वर चर्को हुन गएको र यो आक्रोशको अभिव्यक्ति भएको बताए । उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको उल्लेख गरे । ‘मलाई अदालतले नै हो न्याय दिने,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...

लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...