राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो



 

सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा तत्काललाई ब्रेक लागेको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालगायत नेता अध्यादेशका लागि सहमत भए पनि शेखर कोइरालाले सार्वजनिकरूपमा विरोध गरेपछि कांग्रेसमा समस्या आएको थियो । अध्यादेश ल्याउँदा नेकपा एसलगायत साना दल विभाजित हुने र त्यसको लाभ एमालेले लिने कोइरालाको दाबी छ । नेकपा एसका एक तिहाइभन्दा बढी केन्द्रीय सदस्य र आधाजति सांसदले विभाजनमा सहजताका लागि अध्यादेश ल्याइदिन प्रधानमन्त्री र एमालेलाई दबाब दिइरहेका थिए । हिजो एमाले विभाजन गर्न अध्यादेश ल्याउन हुने, अहिले नेकपा एसमा बस्न सक्देनौं भन्दा किन नल्याउने भन्ने उनीहरूको माग थियो । यो बुझेर हिजो दिनभर नेकपा एसका नेताहरू अध्यादेशको पक्षमा नउभिन कांग्रेस नेताहरूकोमा दौडधुपमा लागेका थिए । हिजो विपक्षी दलहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै अध्यादेश नल्याउन ध्यानाकर्षण गराएका थिए । प्रचण्ड-माधवसहित पुगेका ५ दलका नेताहरूलाई प्रधानमन्त्रीले अध्यादेश ल्याउने आफ्नो कुनै योजना नरहेको प्रष्टीकरण दिएका थिए । ओलीको भनाइ थियो, ‘हिजो मेरो पार्टी फुटाउन जसरी अध्यादेश ल्याइयो तिनै साथीहरूलाई अहिले त्यस्तो लागिरहेको हुनसक्छ । तर, सरकारले कुनै तयारी गरेको छैन । अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन । अध्यादेशलाई लिएर विपक्षी गठबन्धनले विरोध जनाएको र कांग्रेसभित्रै कुरा नमिलेपछि तत्काल विवादमा पर्नु भन्दा अध्यादेशको प्रक्रिया अघि नबढाउनेतिर सरकार गएको स्रोतको भनाइ छ । यद्यपि, राजनीतिक दलसम्बन्धी विचाराधीन विधेयकमै दल विभाजनको प्रावधानलाई खुकुलो बनाउनेगरी संशोधन हाल्न सकिने ठाउँ एकातिर छ भने अर्कोतिर हल्ला नगरी सरकारले अध्यादेश ल्याउन पनि सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा