सप्तरीमा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते



 

 

सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न

सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना

रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र