८० प्रतिशत सकियो नागढुंगा-काठमाण्डौ सुरुङमार्गको काम



हाम्रो इकोनोमि

 

 

निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ । त्यसैगरी आयोजनामा सुरुङतर्फको काम शतप्रतिशत पुगेको छ । जसमा सुरुङ खन्ने र कंक्रिट लाइनिङको काम समेत सकिएको छ । यहाँ २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ छ । यो आयोजनाको काठमाडौंतर्फको भागमा अन्डरपास, बक्स कल्भर्ट, पुल, ओभरपास र फ्लाइओभरको काम जारी छ । यसमध्ये अन्य संरचनाको काम सकिए पनि फ्लाइओभरको काम भने अझै सकिएको छ । जसले गर्दा भौतिक प्रगति अझै २० प्रतिशत बाँकी देखिएको छ । असोज दोस्रो साता आएको बाढी र पहिरोले काठमाडौं–मुग्लिन सडक खण्ड बन्द भएको समयमा सुरुङ मार्ग प्रयोग गरी यातायात र यात्रु उद्धार गरिएको थियो । उक्त घटनापछि यो आयोजनाको महत्त्व अझ बढेको छ । यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो । नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । सुरुङसम्म  पुग्नका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुनेछ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथिको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...