४३ अंकले बढ्यो नेप्से, ५ अर्ब ६६ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ । कारोबारका क्रममा साढे १ बजे बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो । कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् । त्यस्तै बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे । विजय लघुवित्तको मूल्य ९.३३, इस्टर्न हाइड्रोपावरको ९.२४, समता घरेलु लघुवित्तको ८.६२, आत्मनिर्भर लघुवित्तको ८.५९, सगरमाथा जलविद्युतको मूल्य ७.४५ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । मिडसोलु हाइड्रोपावरको ५.५४, मिथिला लघुवित्तको ४.५५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...