बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु



हाम्रो इकोनोमि

 

 

हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको र सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको जनाएको छ । बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । काभ्रेपलाञ्चोकमा नै सबैभन्दा बढी १२ हजार ६४७ जनाको उद्धार भएको छ । दोस्रोमा ललितपुरमा ४६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते र ५ जना बेपत्ता रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते तथा ८ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा नै सबैभन्दा बढी १३ हजार ६९४ जनाको उद्धार भएको छ । दोस्रोमा काठमाडौं उपत्यका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ भने ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार १५८ जनाको उद्धार भएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...