दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु



हाम्रो इकोनोमि

 

 

दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए । सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो । आगलागीबाट ट्रर्कको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रर्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते हुनुभएको थियो । उहाँको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भईरहेको अवस्थामा शनिबार मृत्यु भएको हो । चालकको मृत्यु भएपछि उहाँका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईंले भर्खरै गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...