हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु



हाम्रो इकोनोमि

 

 

गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौ जोडने सबै (७) मध्य ६ वटा सडक मार्ग सुचारु भएका छन् । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध सडकहरूलाई बागमती प्रदेश सरकारको निरन्तर कामको कारण दशैं अगाडि नै संचालनमा ल्याउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए । अवरुद्ध सडकमध्य हेटौँडा-कुलेखानी-सिस्नेरी, हेटौंडा-कुलेखानी-फाखेल, हेटौंडा-कुलेखानी-चखेल-मातातीर्थ, हेटौँडा-कुलेखानी-चित्लाङ-काठमाडौँ, हेटौँडा-पालुङ-नौविसे र हेटौँडा-मुङ्लिन-काठमाडौं सडक मार्ग सञ्चालनमा आएको हो । अवरुद्ध रहेको कान्तिलोकपथ सडक मार्ग भने संचालनमा आएको छैन । कान्तिलोकपथ सडकखण्डमा पर्ने मकवानपुर-ललितपुर जोड्ने बागमती नदीको पुल जोड्ने सडक बगाएको र उक्त स्थानमा स्तरिकरणको काम भइरहेकोले अझै केही दिन उक्त सडक सञ्चालनको अवस्था देखिएको छैन । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले कुलेखानी ड्याममुनि सिमखोलामा डाइभर्सन र भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डको महालक्ष्मी खोलाले बगाएको बाटोमा डाइभर्सन गरेपछि कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको छ । यस्तै सिस्नेरी खोलाले बगाएको ज्यामिरेको र सिस्नेरी बजार क्षेत्रमा डाइभर्सन बनाएपछि कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड पनि पूर्णरुपमा सञ्चालनमा आएको छ । 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...