म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने



 

 

रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी गरेका छन् । निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताए । उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो । तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ । त्यसको व्याख्या अपव्याख्या जे गरे पनि । त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन । तर त्यसरी आएको पैसाको सेयर होल्डर पनि भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ त्यो प्रतिवेदनले भनेको छ । उनले आफू प्रबन्ध निर्देशक भएपछि कार्यकारी अध्यक्षले सफ्ट लोनको रूपमा ल्याएको पैसाको स्रोत खोज्न कसैले नसक्ने बताए । उनले अहिले आफू राजनीतिमा आएपछि सरकारीको समस्या छाडेर आफूलाई केन्द्रित गरेर लागेको गुनासो गरे । उनले भने, ‘मैले कसैको पैसा ठगेको छैन । अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु । गलत ढंगले फसाउन खोजेर सकिन्न , दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस् । अनुसन्धानमा सघाउँछु । उनले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि