वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो



हाम्रो इकोनोमि

 

 

भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको छ । भरतपुर महानगरपालिका २९ को स्याउली भन्ने ठाउँमा बिमला तामाङको एभरेष्ट एग्रो फार्मको ८ वटा बाख्रा खाइदिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार हिजो बिहान १० बजे ४० वटा बाख्रा चराउन लगिएकोमा ३२ वटा मात्रै बाख्रा फर्किएको थियो । हिजो रातीसम्म पनि चर्न गएको ठाउँबाट बाख्रा नफर्किएपछि आज बिहानैदेखि खोजी गर्ने क्रममा जंगलको फरक फरक ठाउँमा आधा आधा बाख्रा खाइ छोडेको अवस्थामा भेटिएको उनले बताए । ८ वटै बाख्रा फरक फरक ठाउँमा आधा खाएर भेटिएकोले बाघले बाख्रा खाएको हो भन्ने यकिन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...