माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ । उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा धकेलाधकेल भएको हो । हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् । प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ । अध्यक्षका आकांक्षी केशव रावलले पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा कीर्तिपुरमा असर देखिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा देखिएको असर हो कीर्तिपुर झुर फेरि पनि भन्छु गुटबन्दी अन्त्य गर्नुपर्छ । हिजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो । उमेर हदको विषयमा पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...