सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो



हाम्रो इकोनोमि

 

 

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ । हिजो साँझबाट कोशी प्रदेशका अधिकांश स्थानमा पानी पर्न रोकिए पनि सप्तकोशीमा भने पानीको बहाव निरन्तर बढ्दो नै छ । कोशी नदीमा लेदोयुक्त बाढी अत्यधिक रहेको जनाइएको छ । पानीको बहाव बढेका कारण आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिवार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने घटेको छैन । कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ । एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...