सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो



हाम्रो इकोनोमि

 

 

सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ । हिजो साँझबाट कोशी प्रदेशका अधिकांश स्थानमा पानी पर्न रोकिए पनि सप्तकोशीमा भने पानीको बहाव निरन्तर बढ्दो नै छ । कोशी नदीमा लेदोयुक्त बाढी अत्यधिक रहेको जनाइएको छ । पानीको बहाव बढेका कारण आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिवार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने घटेको छैन । कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ । एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...