काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता भएका छन् । वर्षाले प्रमुख राजमार्ग हरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएकाे हाे भने  बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन् त्यस्तै बनेपा नगरपालिका–१४ थलाचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । त्यस्तै, पनौती नगरपालिका–१२ कलाती मा पहिरोले घर बगाउदा दम्पती नै बेपत्ता भएका छन् । नमोबुद्ध नगरापालिका–२ श्यामपाटीमा पनि दुइ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पनौती नगरपालिका–११ थुम्कीमा पहिरोले घर पुरीदा चार जना बेपता भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा अहिले प्रहरी चौकी खोपासीबाट प्रहरीको टोली पुगेको छ । स्थानीय अर्जुन भण्डारीको घरमा पाहुना आएका चार जना बेपता भएका हुन् । पहिरोको कारण पनौती नगरपालिका–१२ कोलाती भन्ने स्थानमा स्थानीय गोपाल तिमिल्सिनाको घर पुरीदा चार जना पुरीएकोमा तिन जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपता रहेका छन् । बनेपा १० हंसदा आश्रम नजिकै एक जना बालक पुरीएको स्थानीयले जानकारी दिएका छन् । पहिरोले बेथान्चोक-४ सलान्दु खोला असपासका सबै घर टहरासमेत बगाएपछि त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ । अरनिको राजमार्ग अन्र्तगत बनेपाको पुल बजार डुबान भएपछि अहिले सबै यातयातका साधानहरु रोकिएका छन् भने बिपी राजमार्गको नेपालथोक खण्डको प्रहरी चौकी भन्दा माथीको सडक सबै नदीमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...