काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता भएका छन् । वर्षाले प्रमुख राजमार्ग हरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएकाे हाे भने  बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन् त्यस्तै बनेपा नगरपालिका–१४ थलाचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । त्यस्तै, पनौती नगरपालिका–१२ कलाती मा पहिरोले घर बगाउदा दम्पती नै बेपत्ता भएका छन् । नमोबुद्ध नगरापालिका–२ श्यामपाटीमा पनि दुइ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पनौती नगरपालिका–११ थुम्कीमा पहिरोले घर पुरीदा चार जना बेपता भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा अहिले प्रहरी चौकी खोपासीबाट प्रहरीको टोली पुगेको छ । स्थानीय अर्जुन भण्डारीको घरमा पाहुना आएका चार जना बेपता भएका हुन् । पहिरोको कारण पनौती नगरपालिका–१२ कोलाती भन्ने स्थानमा स्थानीय गोपाल तिमिल्सिनाको घर पुरीदा चार जना पुरीएकोमा तिन जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपता रहेका छन् । बनेपा १० हंसदा आश्रम नजिकै एक जना बालक पुरीएको स्थानीयले जानकारी दिएका छन् । पहिरोले बेथान्चोक-४ सलान्दु खोला असपासका सबै घर टहरासमेत बगाएपछि त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ । अरनिको राजमार्ग अन्र्तगत बनेपाको पुल बजार डुबान भएपछि अहिले सबै यातयातका साधानहरु रोकिएका छन् भने बिपी राजमार्गको नेपालथोक खण्डको प्रहरी चौकी भन्दा माथीको सडक सबै नदीमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...