श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

 

सर्लाहीको हरिपूर्वा नगरपालिका-५ मा एक युवकले आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटनामा युवकका बुवा पनि गोली लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार २७ वर्षीय धीरेन्द्र यादवले गएराति आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई गोली प्रहार गरी हत्या गरेका हुन् । कार्यालयका डीएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको र घटनास्थलमै उहाँको मृत्यु भएको थियो । घटनामा धीरेन्द्रका ५४ वर्षीय बुबा रामदिनेश घाइते हुनुभएको छ । उहाँको कुहिनोमा गोली लागेको छ । प्रहरीकाअनुसार बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उहाँलाई पनि गोली लागेको हुनसक्ने अनुमान गरिएको छ । घाइते रामदिनेशको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीले दिएको जानकारीअनुसार आरोपी धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएका थिए । गोली प्रहार गरी फरार रहेका धीरेन्द्रको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...