एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो



हाम्रो इकोनोमि

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै थियो भन्दै हिंसा शब्द असंसदीय नरहेको बताएका छन् । प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्टयाए । पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं । महासचिव पोखरेलले हिंसा शब्दको विरोध गरेर माओवादीले संसद अवरोध गर्नुको अर्थ नरहेको भन्दै गैरन्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...