श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा



हाम्रो इकोनोमि

 

 

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्नेगरी संसद् विघटन गर्नुभएको हो । श्रीलंकामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पार्नुभएको थियो । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बन्नुभएका ५६ वर्षीय दिसायनाकेले संसद् भंग गरेर निर्वाचनको मिति तोक्नुभएको हो ।

श्रीलंकाको नवौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि उहाँले आफू लोकतन्त्र जोगाउन र नेताहरुको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभएको थियो । साथै, उहाँले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताउनुभएको थियो । उहाँले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो, ‘म जादुगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामुहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...