प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने



हाम्रो इकोनोमि

 

 

 

प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको बतायो । यो राजनीतिक मुद्दा भएकाले प्रहरीले माथिकै आदेश पर्खिने स्रोतको भनाइ छ । अहिलेसम्म लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छैन । लिइहाल्ने सुरसार पनि छैन । प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले प्रधानमन्त्री फर्किएपछि मात्रै रविका विषयमा निर्णय हुने बताए । ‘यो राजनीतिक विषय पनि जोडिएको हुँदा प्रधानमन्त्री स्वदेश नफर्कीकन उहाँमाथि केही हुँदैन’, ती अधिकारी भन्छन्, । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् । उनको भ्रमण तालीका १० दिन लामो छ । उनी असोज १४ गते स्वदेश फर्किनेछन् , प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि अहिले स्वदेशमा छैनन् । इन्टरपोलको बैठकमा भाग लिनका लागि उनी हिजो ग्रिस प्रस्थान गरेका हुन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ । प्रधानमन्त्री र आईजीपी दुवै देशबाहिर रहेको हुँदा पूर्वगृहमन्त्रीविरुद्ध प्रहरीले तत्काल कुनै पनि कदम चाल्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...