प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने



हाम्रो इकोनोमि

 

 

 

प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको बतायो । यो राजनीतिक मुद्दा भएकाले प्रहरीले माथिकै आदेश पर्खिने स्रोतको भनाइ छ । अहिलेसम्म लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छैन । लिइहाल्ने सुरसार पनि छैन । प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले प्रधानमन्त्री फर्किएपछि मात्रै रविका विषयमा निर्णय हुने बताए । ‘यो राजनीतिक विषय पनि जोडिएको हुँदा प्रधानमन्त्री स्वदेश नफर्कीकन उहाँमाथि केही हुँदैन’, ती अधिकारी भन्छन्, । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् । उनको भ्रमण तालीका १० दिन लामो छ । उनी असोज १४ गते स्वदेश फर्किनेछन् , प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि अहिले स्वदेशमा छैनन् । इन्टरपोलको बैठकमा भाग लिनका लागि उनी हिजो ग्रिस प्रस्थान गरेका हुन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ । प्रधानमन्त्री र आईजीपी दुवै देशबाहिर रहेको हुँदा पूर्वगृहमन्त्रीविरुद्ध प्रहरीले तत्काल कुनै पनि कदम चाल्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...