लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् । इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ । इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...