रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयको माहोल गर्माएको छ । पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मी बाक्लो संख्यामा उपस्थित भएका छन् । राजधानी काठमाडौंमा उपलब्ध पार्टीका अधिकांश केन्द्रीय नेताहरु कार्यालयमा छन् । अहिले सभापति लामिछानेसहित नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको छ । सभापति लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर आएको एक केन्द्रीय सदस्यले बताए । सभापतिज्यूले केही भन्नुभएको छैन, बाहिरको हल्ला सुनेर आएका हौं उनले भने । रविकी पत्नी निकिता पौडेल पनि केन्द्रीय कार्यालय आइपुगेकी थिइन् । उनी एक घन्टा जति बसेर केहीबेर अघि फर्किइन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...