माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने बताए । उनले भने  माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ । उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए । महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे । उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् । नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...