उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्ने भएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै चुनावलाई सफल बनाउन लाग्न निर्देशन दिए । उनले भने, ‘मंसिरको १६ गते उपनिर्वाचन हुँदैछ । ३९ सीटमा प्रमुखदेखि वडाध्यक्षसम्मको पद खाली छन् । ती खाली पदमा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीको भविष्य तय गर्छ, कमसेकम केही क्षेत्रमा हामीले जितेर देखाउनुपर्छ । यो चुनावी अभियानमा सफल बनाउन लाग्नुस् । उनले महाधिवेशनमा चुनाव भए पनि अब सबै एकजुट भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे । उनले भने, ‘निर्वाचनमा चिट बाँडियो म त्यसको पक्षमा छैन । तर, ३४४ जनाले १०५ जनालाई कसरी चिनेर भोट हाल्ने त्यो फर्मुला खोजौँ न । त्यो आफ्नो खुसीले बनाएका थिए । त्यसैले अब यो नेगेटिभ कुरा नगरौँ । एकताबद्ध बनौँ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...