उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्ने भएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै चुनावलाई सफल बनाउन लाग्न निर्देशन दिए । उनले भने, ‘मंसिरको १६ गते उपनिर्वाचन हुँदैछ । ३९ सीटमा प्रमुखदेखि वडाध्यक्षसम्मको पद खाली छन् । ती खाली पदमा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीको भविष्य तय गर्छ, कमसेकम केही क्षेत्रमा हामीले जितेर देखाउनुपर्छ । यो चुनावी अभियानमा सफल बनाउन लाग्नुस् । उनले महाधिवेशनमा चुनाव भए पनि अब सबै एकजुट भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे । उनले भने, ‘निर्वाचनमा चिट बाँडियो म त्यसको पक्षमा छैन । तर, ३४४ जनाले १०५ जनालाई कसरी चिनेर भोट हाल्ने त्यो फर्मुला खोजौँ न । त्यो आफ्नो खुसीले बनाएका थिए । त्यसैले अब यो नेगेटिभ कुरा नगरौँ । एकताबद्ध बनौँ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...