उपत्यकामा खोलामा २० मिटर मापदण्ड कायम गर्ने फैसलाविरुद्ध प्रदर्शन



हाम्रो इकोनोमि

 

उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा प्रभावित क्षेत्रका बासिन्दाहरूले प्रदर्शन गरेका हुन् । गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘गैर न्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘आदिवासीको अधिकार सुरक्षित गर’, ‘खोलानदीको मापदण्ड खारेज गर’ लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए । राजेन्द्र महतो, सुमन सायमी लगायतले सडकमा नै सुतेर विराेध प्रदर्शनमा सहभागिता जनाएका थिए । २०८० पुसमा सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरावलोकनको निवेदन दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...