एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न तलैसम्म परिपत्र गरेको छ ।केन्द्रीय सचिवालय बैठकले पारित गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको छ । महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजनामा पार्टीविरोधी शक्तिहरूबाट नियोजितरूपमा पार्टी र नेतृत्वका विरुद्ध चरित्रहत्या गर्ने र प्रतिष्ठामा आघात पुर्‍याउने खालका अवान्छित र भ्रमपूर्ण विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उल्लेख छ । कार्ययोजनामा भनिएको छ- पार्टीविरोधी तत्वका यस्ता भ्रमपूर्ण प्रचारका कारण सर्वसाधारणमा नकारात्मक प्रभाव विस्तार हुने अवस्था छ । पार्टी कामको योजनाअन्तर्गत पार्टी तथा नेतृत्वको सरकारले गरेका कामहरूको प्रभावकारी प्रचार र गलत तथा भ्रमपूर्ण कुराको प्रभावकारीरुपमा प्रतिवाद गर्नेगरी प्रचार कार्यलाई प्रभावकारी बनाउने विषयलाई महत्वका साथ समेट्नु पर्दछ । एमालेले सो योजनाअन्तर्गत प्रत्येक कमिटीले डिजिटल प्रचार डेस्कमार्फत सामाजिक सञ्जाललाई प्रभावकारी परिचालन गर्ने भनेको छ । पार्टीविरुद्ध फैलाइएको भ्रम र अफवाहहरू अध्ययन गरी त्यसको एकताबद्ध रूपमा प्रतिरोध र प्रतिवाद गर्ने एमालेको वार्षिक कार्ययोजनामा उल्लेख छ ।एमालेले आफ्ना सदस्यहरूका बीचमा सूचना आदान-प्रदान गर्नका लागि प्रत्येक पार्टी कमिटीले प्रविधिमा आधारित सूचना सञ्जाल (नेटवर्क, ग्रुप) निर्माण र परिचालन गर्न तल्लका कमिटीलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...