एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने



 

 

 नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको भन्दै त्यसको संगठितरूपमा प्रतिवाद गर्न तलैसम्म परिपत्र गरेको छ ।केन्द्रीय सचिवालय बैठकले पारित गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार गर्नेबारे विभिन्न योजना तय गरिएको छ । महासचिव शंकर पोखरेलले तयार पारेको कार्ययोजनामा पार्टीविरोधी शक्तिहरूबाट नियोजितरूपमा पार्टी र नेतृत्वका विरुद्ध चरित्रहत्या गर्ने र प्रतिष्ठामा आघात पुर्‍याउने खालका अवान्छित र भ्रमपूर्ण विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उल्लेख छ । कार्ययोजनामा भनिएको छ- पार्टीविरोधी तत्वका यस्ता भ्रमपूर्ण प्रचारका कारण सर्वसाधारणमा नकारात्मक प्रभाव विस्तार हुने अवस्था छ । पार्टी कामको योजनाअन्तर्गत पार्टी तथा नेतृत्वको सरकारले गरेका कामहरूको प्रभावकारी प्रचार र गलत तथा भ्रमपूर्ण कुराको प्रभावकारीरुपमा प्रतिवाद गर्नेगरी प्रचार कार्यलाई प्रभावकारी बनाउने विषयलाई महत्वका साथ समेट्नु पर्दछ । एमालेले सो योजनाअन्तर्गत प्रत्येक कमिटीले डिजिटल प्रचार डेस्कमार्फत सामाजिक सञ्जाललाई प्रभावकारी परिचालन गर्ने भनेको छ । पार्टीविरुद्ध फैलाइएको भ्रम र अफवाहहरू अध्ययन गरी त्यसको एकताबद्ध रूपमा प्रतिरोध र प्रतिवाद गर्ने एमालेको वार्षिक कार्ययोजनामा उल्लेख छ ।एमालेले आफ्ना सदस्यहरूका बीचमा सूचना आदान-प्रदान गर्नका लागि प्रत्येक पार्टी कमिटीले प्रविधिमा आधारित सूचना सञ्जाल (नेटवर्क, ग्रुप) निर्माण र परिचालन गर्न तल्लका कमिटीलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग