रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने भएका छन् । हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ । राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थान घोषणा ४:३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ । राजनीतिक प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले सहभागीहरुले प्रतिवेदन माथि सुझाव समेत दिन नपाउने भएका छन् । सभापति लामिछाने बाहेक अन्यले पेश गरेका प्रतिवेदनमा भने सहभागी प्रश्न राख्ने पाउने व्यवस्था गरिएको छ । कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ । तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ । के हुन्छ । हामीलाई जानकारी दिईएको छैन । एक प्रतिनिधिले अनलाइनखबरसँग भने । भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ देखि ११ बजेसम्मका लागि तोकिएको थियो । दस्तावेजमा आधारित प्रश्नोत्तर ११:४५ देखि २:४५ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३:१५ देखि ४:३० बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...