प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो : रवि लामिछाने



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए । रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गरे । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उनले बताए ।

लामिछानेको भाषणको एक अंश-

हामीमाथि, विशेषगरी ममाथि धेरै आरोप लागे । हिजो समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा स्पष्टसँग मूल आरोपका विषयमा भन्यो । तर, मानिसहरूलाई चित्त बुझेन । किनभने मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोप लगाइरहेका थिए । प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो रुसहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । त्यो पुष्टि भएन । प्रमाण भएन । त्यसपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ । केही सञ्चारकर्मी मित्रलाई अपिल गर्न चाहन्छु, यो देशको पत्रकारिता जोगाइदिनुस् । मलाई नङ्ग्याउने निहुँमा तपाईंहरू ननांगिदिनुस् । मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु । नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि । निरन्तरको प्रहारले म लौलहान भएको छु । छाती छियाछिया भएको छ । गाडिएको छ तीर । देखिरहेको छु, बगिरहेको छ रगत । घाउ छ । त्यही घाउमाथि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन । रास्वपाको क्रेज सकियो, पहिलोजस्तो छैन भन्ने सुनिन्छ । हामीलाई पनि होकि हो कि जस्तो लागेको अवस्थामा छौं । यो यात्रा सुरू गर्दा नै यो सजिलो यात्रा थिएन । सजिलो थियो भने जसले पनि गर्थ्यो । यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ । साथीहरु । एउटा राजनीतिक दल पाँच महिना अगाडि खडा हुन्छ । होनाहार २१ जना साथीहरू सांसदमा गर्जिन्छन् । सिंगो देशको ध्यानाकर्षण गर्छन् । ती साथीहरूको चर्चा चल्छ । वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका साथीहरूको चर्चा चल्छ । महत्वपूर्ण मन्त्रालय लिएर कामहरू गर्न थाल्छन् । तर, त्यो देखेर दुई राजनीतिक दलहरू रातारात मिल्छन् भने रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । कयौं साथीहरू हारेको जस्तो गर्नुहुन्छ । म भन्छु कसले भन्यो हार्‍यो भनेर रु साथी हो हामीले युद्ध लडेकै छैनौं । ७० को चुनाव त ८४ को निम्तो कार्ड हो । लडाईं त बल्ल सुरू हुँदैछ । तर, यो लडाईंमा कोही टुहुरो हुनुपर्दैन । रगतको थोपो पनि बग्दैन । हामी शान्त विद्रोह गर्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...