प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो : रवि लामिछाने



 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए । रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गरे । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उनले बताए ।

लामिछानेको भाषणको एक अंश-

हामीमाथि, विशेषगरी ममाथि धेरै आरोप लागे । हिजो समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा स्पष्टसँग मूल आरोपका विषयमा भन्यो । तर, मानिसहरूलाई चित्त बुझेन । किनभने मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोप लगाइरहेका थिए । प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो रुसहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । त्यो पुष्टि भएन । प्रमाण भएन । त्यसपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ । केही सञ्चारकर्मी मित्रलाई अपिल गर्न चाहन्छु, यो देशको पत्रकारिता जोगाइदिनुस् । मलाई नङ्ग्याउने निहुँमा तपाईंहरू ननांगिदिनुस् । मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु । नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि । निरन्तरको प्रहारले म लौलहान भएको छु । छाती छियाछिया भएको छ । गाडिएको छ तीर । देखिरहेको छु, बगिरहेको छ रगत । घाउ छ । त्यही घाउमाथि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन । रास्वपाको क्रेज सकियो, पहिलोजस्तो छैन भन्ने सुनिन्छ । हामीलाई पनि होकि हो कि जस्तो लागेको अवस्थामा छौं । यो यात्रा सुरू गर्दा नै यो सजिलो यात्रा थिएन । सजिलो थियो भने जसले पनि गर्थ्यो । यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ । साथीहरु । एउटा राजनीतिक दल पाँच महिना अगाडि खडा हुन्छ । होनाहार २१ जना साथीहरू सांसदमा गर्जिन्छन् । सिंगो देशको ध्यानाकर्षण गर्छन् । ती साथीहरूको चर्चा चल्छ । वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका साथीहरूको चर्चा चल्छ । महत्वपूर्ण मन्त्रालय लिएर कामहरू गर्न थाल्छन् । तर, त्यो देखेर दुई राजनीतिक दलहरू रातारात मिल्छन् भने रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । कयौं साथीहरू हारेको जस्तो गर्नुहुन्छ । म भन्छु कसले भन्यो हार्‍यो भनेर रु साथी हो हामीले युद्ध लडेकै छैनौं । ७० को चुनाव त ८४ को निम्तो कार्ड हो । लडाईं त बल्ल सुरू हुँदैछ । तर, यो लडाईंमा कोही टुहुरो हुनुपर्दैन । रगतको थोपो पनि बग्दैन । हामी शान्त विद्रोह गर्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्