मेटमणिलाई कारबाही गर्न झलनाथ खनालको माग



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता भूभागहरु भारतकै हुन् भनेर देशद्रोही अभिव्यक्ति दिएको भन्दै खनालले उनलाई कारबाहीको माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दै छ कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणिलाई कारबाही माग गर्दै सार्वजनिक गरेको विज्ञप्तिमा उनको नाम भने उल्लेख गरेका छैनन् । खनालले ‘हाम्रो पार्टीका एक जना उपमहासचिव’ लेखेर विज्ञप्ति निकालेका छन् ।

उपमहासचिवलाई पनि इन्भर्टेड कमाभित्र राखेर जारी गरिएको विज्ञप्तिमा खनालले लेखेका छन्, ‘उक्त ‘‘उपमहासचिव’’को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ । खनाल थप लेख्छन्, ‘आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरुलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरुबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पाटीको रुपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु । चौधरीले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा ऐतिहासिक प्रमाणका आधारमा सरासर भारतको प्रमाण पुग्ने भूभागलाई नेपालले दाबी गर्नु मुर्खता मात्र भएको अभिव्यक्ति दिएका थिए । कालापानी, लिम्पियाधुरा, लिपुलेख लगायतका भूभाग समेटेर नेपाल सरकारले चुच्चे नक्सा जारी गर्नु मुर्खता मात्र भएको समेत अभिव्यक्ति दिएपछि चौधरीको आलोचना भइरहेको छ । प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले चौधरीको आलोचना गर्दै कारबाहीको माग गरेका थिए । यस विषयमा चौधरीसँग एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले स्पष्टीकरणसमेत मागेका थिए । सो स्पष्टीकरणमा चौधरीले बोल्ने क्रममा जिभ्रो चिप्लिएको जिकीर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...