विवाह, अंशबन्डा, ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सभापति थापा



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने क्रममा बोल्दै सबैको साझा प्रयासले नै सहकारी क्षेत्रको पुनरउत्थान हुने बताए । उनले भने, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् । यतिसम्मकी गायक रामकृष्ण ढकालसमेत फेक ऋणीका रुपमा पीडित हुनुभएको छ । उनले सहकारी क्षेत्रको समस्या समाधान गर्नको लागि सबै दलको साझा धारणा बनेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...