विवाह, अंशबन्डा, ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सभापति थापा



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने क्रममा बोल्दै सबैको साझा प्रयासले नै सहकारी क्षेत्रको पुनरउत्थान हुने बताए । उनले भने, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् । यतिसम्मकी गायक रामकृष्ण ढकालसमेत फेक ऋणीका रुपमा पीडित हुनुभएको छ । उनले सहकारी क्षेत्रको समस्या समाधान गर्नको लागि सबै दलको साझा धारणा बनेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...