रविलाई कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद



हाम्रो इकोनोमि

 

 

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा सिधै दोषी ठहर्‍याउन सकेन । जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै रविलाई जिम्मेवार देखाइएको छ ।  स्रोतका अनुसार अनुसार  रविलाई कारवाही सिफारिस गर्ने कि नगर्ने भन्नेमा समितिभित्र अझै विवाद छ । समितिका सदस्य शिशिर खनालले प्रतिवेदनमा हस्ताक्षर भइनसकेको भनेर ट्वीटरमा लेखेका छन् । यदि रविलाई दोषी देखाएर कारवाही सिफारिस गर्ने निर्णय भएको खण्डमा खनालले नोट अफ डिसेन्ट लेख्ने पार्टी स्रोत बताउँछ । माओवादीले पनि रास्वपालाई साथ दिने छ । राप्रपाको अडान भने प्रष्ट छैन । ‘मिडियामा विभिन्न स्रोतबाट आएको पैसा आफूले खर्च गरेको सभापतिले नै स्वीकार गर्नुभएको छ,रास्वपा स्रोतले भन्यो, ‘यो कुरा प्रतिवेदनमा उल्लेख गर्दा आपत्ति होइन । तर, सहकारीको रकम हिनामिनामै उहाँलाई दोषी देखाउन खोजियो भने मान्य हुँदैन । माओवादी र रास्वपाका दुई सदस्यले हस्ताक्षर नगर्दा पनि प्रतिवेदनमा बहुमत जुट्छ, तर यो सर्वस्वीकार्य नहुने भएकाले संयोजक सूर्य थापा सहमतिकै प्रयासमा छन् । समिति एक सदस्य भन्छन्, ‘रविजीको नाममा सहकारीबाट पैसा निकासा गरिएकोसम्म देखिन्छ, तर उहाँ आफैंले हस्ताक्षर कतै पनि गर्नुभएको छैन । उहाँ सहकारीको सदस्य पनि नरहेको हुँदा आफैंले रकम हिनामिना गर्न सक्ने अवस्था देखिँदैन । यसमा एकल जिम्मेवार जीवी राई हुन् । स्रोतका अनुसार जीवीले विभिन्न सहकारीबाट कुल ६५ करोड रूपैयाँ ल्याएर गोर्खा मिडियामा लगानी गरेका छन् । रविलाई प्रवन्ध निर्देशक बनाएर जीवीले सो मिडिया सञ्चालन गरेका हुन् । उनलाई केही प्रतिशत ‘स्वेट सेयर’ पनि दिएका थिए । रविलाई सेयर दिने क्रममा गोर्खा मिडियाकै रकम प्रयोग भएको थियो । पदीय हिसाबले सञ्चालक भए पनि रवि खासमा तलवी कर्मचारी नै थिए । जीवीले कहाँबाट ल्याएर पैसा लगानी गरेका हुन् भन्ने आफूलाई थाहा नभएको बयान उनले दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...