धनराज गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो ।  समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको एक सदस्यले जानकारी दिए । धनराजको हकमा समितिको टीओआरमा थिएन । तर पछि उजुरी पर्‍यो । त्यसपछि सम्बन्धितको बयान, अनुगमन समितिले गर्‍यो’, ती समिति सदस्यले भने, ‘सम्बन्धित बयान, कागजपत्र, डिभोर्स पेपर त्यसपछि गरेको कारोबारले उहाँले दाबी गरेको सम्बन्ध विच्छेद नक्कली हो कि भन्ने आशङ्का छ, तर निष्कर्ष होइन । उनका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ ।  अनुसन्धान टुङ्गिएको   होइन, गुरुङका हकमा अनुसन्धानका लागि लेखि पठाउनेसम्मको सहमति भएको छ,’ती सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...