समितिका सभापति सूर्य थापासहित मितेरी सहकारीको स्थलगत निरीक्षण



 

 

सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद भएको भने पनि कतिपय घटनाक्रमले उक्त सम्बन्ध बिच्छेद नक्कली हुने आशंका देखाएका छन् । सहकारी बचत अपचलनसम्बन्धी घटनाहरूको छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानविन विशेष समितिका सदस्यहरूले धनराज दम्पतीको ‘सहकारी डिभोर्स’ मात्र भएको टिप्पणी गरेका छन् । विहीबार समितिका सभापति सूर्य थापासहितका सदस्यहरूले ललितपुरको महालक्ष्मीमा अवस्थित मितेरी सहकारीको स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत अपचलनको विषयमा समेत सोधपुछ गरेको छ । समितिका सभापति थापाले १६ वटा समस्याग्रस्त सहकारीको स्थगलत निरीक्षण गर्ने क्रममा मितेरीमा समेत गएर अध्यक्ष कुम्भराजसँग सोधपुछ गरिएको बताए । डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज आफैंले आएर तिरेको सहकारीका अध्यक्ष गुरूङ बताए । उनले एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको डिभोर्स नै नभएको बताएका छन् । कागजीरूपमा डिभोर्स भएको भनिए पनि वास्तविक नभएको उनको भनाइ छ । यसअघि समितमै बोलाएर पनि उनको बयान लिइएको थियो । त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए । उनले एक महिनाजति अघिमात्र धनराजले डिभोर्स भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताए । समितिका सदस्य राजन दाहालले सक्कली सम्बन्ध बिच्छेद नभएर सहकारी डिभोर्समात्र रहेछ भन्ने टिप्पणी गरे । स्रोतका अनुसार धनराजले मन्त्री भएका बेला ८० लाख रूपैयाँको चेकसमेत सहकारीमा जम्मा गरेका थिए । धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् । ज्योति र धनराजले करीव ११ करोड रकम बिटक्वाइनमा लगानी गरेको र सो रकम बैंककमा बस्नेत भण्डारी थरका एक व्यवसायीमार्फत डुबेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले सामाजिक सञ्जालबाट हुने भ्रम चिर्न नेटवर्क बनाउने

     नेकपा एमालेले नियोजितरूपमा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण विषय

भोलिदेखि धरहरा खुला, प्रवेश निःशुल्क

    भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको

चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो : गोकुल बास्कोटा

    नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा

रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलाका प्रतिनिधिले सभापति रवि लामिछानेले प्रस्तुत