लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त



 

 

 सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा पर्नुभएको थियो । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन । गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

प्रतिक्रिया दिनुहोस
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोड्न नदिने

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको

सशान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : राजेन्द्र लिङ्देन

    राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान

निषेधित क्षेत्रमा प्रदर्शन गर्दै राप्रपा

    राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आजबाट सशक्त आन्दोलनमा होमिएको छ