पक्राउ परे पूर्व सांसद ढाका कुमार श्रेष्ठ



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन्। श्रेष्ठले लागुऔषध बिक्री गरेको पाइएकाले बिहीबार उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। थापाका अनुसार लागुऔषध प्रयोगकर्ताले दिएको जानकारीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्। ‘एक महिनाअघि लागुऔषध सहित पक्राउ परेका व्यक्तिलाई कहाँबाट किन्नुभयो भनेर सोध्दा दिया फार्मेसीबाट भन्ने जानकारी दिए,’ एसपी थापाले भने, ‘दिया फार्मेसी ढाकाकुमार श्रेष्ठको नाममा रहेछ, अनि पक्राउ गरेका छौं।’ प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखन सम्बन्धी मुद्दा चलाउने पनि एसपी थापाले बताए। लागुऔषध बेचविखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निस्कासन गरेको थियो। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेकाले दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...