तीन शीर्ष नेताको बालुवाटारमा भेटघाट



 

 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई चाँडै पूर्णता दिनुपर्ने बताएका छन् । बालुवाटारमा भएका शीर्ष तीन नेताको भेटमा प्रचण्डले सम्भव भएसम्म भोलि बस्नै संवैधानिक परिषद्को बैठकबाट पूर्णता दिनुपर्नेमा जोड दिएका हुन् । ओली र देउवासँगको भेटमा संवैधानिक निकायमा सम्भव भए भोलि नै, नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदलाई पूर्णता दिनुपर्ने बताएका प्रचण्ड सचिवालयले बतायो । संवैधानिक परिषद्को बैठक भोलि बस्दै छ । भोलिको बैठकले रिक्तमा नियुक्तिको तयारी भइरहेको छ । हिजो बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् । भेटमा तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी  ।  यता, सत्ता गठबन्धनले परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् । यस्तै, प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यही दिन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने तयारी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका