तीन शीर्ष नेताको बालुवाटारमा भेटघाट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई चाँडै पूर्णता दिनुपर्ने बताएका छन् । बालुवाटारमा भएका शीर्ष तीन नेताको भेटमा प्रचण्डले सम्भव भएसम्म भोलि बस्नै संवैधानिक परिषद्को बैठकबाट पूर्णता दिनुपर्नेमा जोड दिएका हुन् । ओली र देउवासँगको भेटमा संवैधानिक निकायमा सम्भव भए भोलि नै, नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदलाई पूर्णता दिनुपर्ने बताएका प्रचण्ड सचिवालयले बतायो । संवैधानिक परिषद्को बैठक भोलि बस्दै छ । भोलिको बैठकले रिक्तमा नियुक्तिको तयारी भइरहेको छ । हिजो बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् । भेटमा तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो । आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी  ।  यता, सत्ता गठबन्धनले परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् । यस्तै, प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यही दिन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने तयारी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...