राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको पौडेलको भनाइ छ । कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने पनि उनले बताए । उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे-जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदी हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरुलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनुभयो भने पुग्छ । उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । सरुवा, बढुवाको प्रस्ताव लिएर नआउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...