महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले खारेज गर्‍यो



हाम्रो इकोनोमि

 

 

उच्च अदालत पाटनले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्धको मुद्दा खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले गत वैशाख २० गते दर्ता गरेको रिट बुधबार अदालतले खारेज गरेको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी पुग्न नसक्ने ठहर गर्दै खारेजीको फैसला सुनाएको हो । योसँगै बस्नेतले बलात्कारको आरोपबाट सफाइ पाउनुभएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले पनि यो मुद्दा खारेज गर्ने फैसला गरेको थियो । शोभाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गर्नुभएको थियो । जिल्ला अदालत काठमाडौंमा दायर गरिएको रिट खारेज भएपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा पुनः रिट दायर गर्नुभएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलकाअनुसार न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो । शोभाले बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्नुभएको थियो । सुरुमा प्रत्यक्ष रूपमा प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि उहाँले हुलाकमार्फत जाहेरी दर्ता गराउनुभएको थियो । प्रहरीले शोभाको जाहेरीको दाबी पुग्न नसक्ने ठहर गर्दै मुद्दा नचलाउने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसअनुसार सरकारी वकिल कार्यालयले पाठकको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो । प्रहरी अनुसन्धानमा शोभाले बस्नेतबाहेक अन्य केही पुरुषहरूलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र विवाह गर्दै अंश मुद्दा हाल्ने गरेको खुलासा भएको थियो । बस्नेतमाथि शोभाले लगाएका आरोपहरू पुष्टि नभएपछि प्रहरीले मुद्दा अगाडि बढाएको थिएन ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...