महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले खारेज गर्‍यो



हाम्रो इकोनोमि

 

 

उच्च अदालत पाटनले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्धको मुद्दा खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले गत वैशाख २० गते दर्ता गरेको रिट बुधबार अदालतले खारेज गरेको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी पुग्न नसक्ने ठहर गर्दै खारेजीको फैसला सुनाएको हो । योसँगै बस्नेतले बलात्कारको आरोपबाट सफाइ पाउनुभएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले पनि यो मुद्दा खारेज गर्ने फैसला गरेको थियो । शोभाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गर्नुभएको थियो । जिल्ला अदालत काठमाडौंमा दायर गरिएको रिट खारेज भएपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा पुनः रिट दायर गर्नुभएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलकाअनुसार न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो । शोभाले बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्नुभएको थियो । सुरुमा प्रत्यक्ष रूपमा प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि उहाँले हुलाकमार्फत जाहेरी दर्ता गराउनुभएको थियो । प्रहरीले शोभाको जाहेरीको दाबी पुग्न नसक्ने ठहर गर्दै मुद्दा नचलाउने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसअनुसार सरकारी वकिल कार्यालयले पाठकको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो । प्रहरी अनुसन्धानमा शोभाले बस्नेतबाहेक अन्य केही पुरुषहरूलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र विवाह गर्दै अंश मुद्दा हाल्ने गरेको खुलासा भएको थियो । बस्नेतमाथि शोभाले लगाएका आरोपहरू पुष्टि नभएपछि प्रहरीले मुद्दा अगाडि बढाएको थिएन ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...