योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने



हाम्रो इकोनोमि

 

 

सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको मागअनुसार विषय प्रसंगलाई हेर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको संसदको अभिलेखबाट हटाउन नपर्ने बताए । पछिल्ला बैठकहरूमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन आग्रह गरे । सभामुख घिघिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको छ । सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरूले जनयुद्धको अपमान गरेको भन्दै आपत्ति जनाएपछि आरोप प्रत्यारोप चलेको थियो । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डे संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताए । उनले भने, यसमा अहिले आएको व्याख्यामा हाम्रो दल विरोध गर्छ। यो बेठिक भएको छ। संविधान भन्दा माथि अरु कोही हुँदैन। यसरीनै संविधान र शान्ति प्रक्रियाको विपरित शब्द प्रयोग गर्दै जान मिल्दैन । उनले सांसद भट्टराईको नियतमा प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...