योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने



हाम्रो इकोनोमि

 

 

सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको मागअनुसार विषय प्रसंगलाई हेर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको संसदको अभिलेखबाट हटाउन नपर्ने बताए । पछिल्ला बैठकहरूमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन आग्रह गरे । सभामुख घिघिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको छ । सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरूले जनयुद्धको अपमान गरेको भन्दै आपत्ति जनाएपछि आरोप प्रत्यारोप चलेको थियो । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डे संविधानभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताए । उनले भने, यसमा अहिले आएको व्याख्यामा हाम्रो दल विरोध गर्छ। यो बेठिक भएको छ। संविधान भन्दा माथि अरु कोही हुँदैन। यसरीनै संविधान र शान्ति प्रक्रियाको विपरित शब्द प्रयोग गर्दै जान मिल्दैन । उनले सांसद भट्टराईको नियतमा प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...