संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी संवैधानिक परिषदको बैठक तय भएको छ । संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि सबै सदस्यहरुलाई खबर गरेको हो । आगामी १९ असोजदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदले अवकाश हुँदैछन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषद्ले सर्वोच्च अदालतव बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । नाम सिफारिस र संसदिय सुनुवाईबाट अनुमोदन भए उनी करिब १८ महिना प्रधानन्यायाधीश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...