संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने



 

 

प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी संवैधानिक परिषदको बैठक तय भएको छ । संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि सबै सदस्यहरुलाई खबर गरेको हो । आगामी १९ असोजदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदले अवकाश हुँदैछन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो । न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषद्ले सर्वोच्च अदालतव बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । नाम सिफारिस र संसदिय सुनुवाईबाट अनुमोदन भए उनी करिब १८ महिना प्रधानन्यायाधीश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो