केन्ट आरओ वाटर प्यूरिफायरको विशेष अफर सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेपालमा केन्ट उत्पादनहरूको एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि., सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशैं र तिहारलाई लक्षित गरी विशेष ग्राहक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरीद गर्ने ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउनेछन् ।

यो दशैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं नारासहित प्रस्तुत गरिएको यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले १००% शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन्। यिनीहरूमा RO + UV + UF + TDS
टेक्नोलोजीको प्रयोग गरिएको छ जसले पानीलाई पूर्ण रूपमा शुद्ध बनाउँछ। साथै,
प्यूरिफायरमा रहेको यूभी इन ट्याङ्क र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको
गुणस्तरको बारेमा सुनिश्चितता दिन्छ। यस अफर भाद्र २३, २०८१ देखि सीमित अवधिका लागि उपलब्ध हुनेछ र सम्पूर्ण नेपालभर लागू हुनेछ। यो योजना केन्टका सबै आरओ मोडेलमा लागू गरिएको छ, जसमा केन्ट ग्रान्ड प्लस, केन्ट पर्ल र केन्ट ग्रान्ड स्टारजस्ता मोडेलहरू समावेश छन् ।

केन्ट ब्राण्डका अन्य उत्पादनहरू जस्तै एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू, र स्मार्ट किचन उपकरणहरू पनि नेपाली बजारमा निकै लोकप्रिय छन् । यस योजनाको साथ, ग्राहकहरूलाई स्वच्छ पानीको महत्त्व बुझाउँदै सि.जी. इलेक्ट्रोनिक्सले स्वास्थ्य र स्वच्छताको साथमा पर्व मनाउनका लागि प्रोत्साहित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...