रवि लामिछानेलाई पोखरामा कालोझण्डा



हाम्रो इकोनोमि

 

 

रवि लामिछाने रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा आएका हुन् । रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । उनलाई बाक्लो संख्यामा सुरक्षाकर्मीका साथ कार्यक्रमस्थल पोखरा बिरौटामा रहेको ग्यालेक्सी बैंक्वैटभित्र लगियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो बैंक्वैट करिब ३ किलोमिटर दुरीमा रहेको छ । लामिछाने आउने थाहा पाएपछि पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ता बिहानैदेखि कार्यक्रम स्थलमा जम्मा भएका थिए । सुरक्षा व्यवस्थालाई हेरेर प्रशासनले पनि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाएको थियो । रवि कार्यक्रम स्थलमा नआउँदै सहकारी बचतकर्ताले चर्को नाराबाजी गर्न सुरु गरिसकेका थिए । रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । सायद पहिलोपटक हुनुपर्छ रविले कालोझण्डासहित यति चर्को विरोधको सामना गरेको । रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन । पार्टी कार्यकर्ताबाहेक अन्यलाई रोक लगाइयो । बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो । यसअघि रविलाई पोखरामै गत पुस ७ गते भाषण गरिरहेकै बेला मकैको खोया प्रहार भएको थियो । पोखरा अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापतिलाई एक युवकले खोया प्रहार गरेका थिए । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्नता रहेको भन्दै रविविरुद्ध बचतकर्ताले पोखरामा कालो झन्डा तथा विरोध प्रदर्शन गर्दै आएका छन् । रविको विरोध गर्न आएका बचतकर्ताले निर्दोष भए खुलेआम हिँड्न चुनौति दिए । गृहमन्त्री हुँदा जीवी राईलाई लुकाएको आरोपसमेत उनीहरूले लगाए । रवि लामिछानेविरुद्ध यसअघि नै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत पुरक उजुरी दिएका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वको टोलीले केही दिनअघि रविको बयानसमेत लिएको थियो । सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जीवी राई)अहिले पनि फरार छन् । जीवी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुँदा रवि उक्त टेलिभिजनका प्रबन्ध निर्देशक थिए । ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत रवि पनि सहकारी बचत रकम हिनामिनामा संलग्न रहको वचतकर्ताको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...