रवि लामिछानेलाई पोखरामा कालोझण्डा



 

 

रवि लामिछाने रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा आएका हुन् । रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । उनलाई बाक्लो संख्यामा सुरक्षाकर्मीका साथ कार्यक्रमस्थल पोखरा बिरौटामा रहेको ग्यालेक्सी बैंक्वैटभित्र लगियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो बैंक्वैट करिब ३ किलोमिटर दुरीमा रहेको छ । लामिछाने आउने थाहा पाएपछि पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ता बिहानैदेखि कार्यक्रम स्थलमा जम्मा भएका थिए । सुरक्षा व्यवस्थालाई हेरेर प्रशासनले पनि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाएको थियो । रवि कार्यक्रम स्थलमा नआउँदै सहकारी बचतकर्ताले चर्को नाराबाजी गर्न सुरु गरिसकेका थिए । रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । सायद पहिलोपटक हुनुपर्छ रविले कालोझण्डासहित यति चर्को विरोधको सामना गरेको । रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन । पार्टी कार्यकर्ताबाहेक अन्यलाई रोक लगाइयो । बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो । यसअघि रविलाई पोखरामै गत पुस ७ गते भाषण गरिरहेकै बेला मकैको खोया प्रहार भएको थियो । पोखरा अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापतिलाई एक युवकले खोया प्रहार गरेका थिए । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्नता रहेको भन्दै रविविरुद्ध बचतकर्ताले पोखरामा कालो झन्डा तथा विरोध प्रदर्शन गर्दै आएका छन् । रविको विरोध गर्न आएका बचतकर्ताले निर्दोष भए खुलेआम हिँड्न चुनौति दिए । गृहमन्त्री हुँदा जीवी राईलाई लुकाएको आरोपसमेत उनीहरूले लगाए । रवि लामिछानेविरुद्ध यसअघि नै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत पुरक उजुरी दिएका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वको टोलीले केही दिनअघि रविको बयानसमेत लिएको थियो । सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जीवी राई)अहिले पनि फरार छन् । जीवी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुँदा रवि उक्त टेलिभिजनका प्रबन्ध निर्देशक थिए । ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत रवि पनि सहकारी बचत रकम हिनामिनामा संलग्न रहको वचतकर्ताको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख