९ वटा माग राख्दै पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उनले अनशन सुरू गरेका हुन् । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् । उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि कमका योजना हालेको भन्दै सच्याउन माग गरेका छन् । शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको भन्दै उनको आपत्ति छ । महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता काटेको, घीउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम रोकेको, सुनसरी मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रम रोकेको, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकेकाले अनशन बसेको उनको जिकिर छ । पूर्वमुख्यमन्त्री कार्कीले कटौती गरेको भनिएका अधिकांश कार्यक्रम भने यस वर्ष पनि प्रदेश सरकारले सञ्चालन गर्ने गरी बजेट विनियोजन भएको सरकारी अधिकारीले बताएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको छ । आर्थिक मामिला तथा योजना राम राना मगरले बजेट प्रस्तुत गर्नुभएपछि यसप्रति व्यापक असन्तुष्टि उत्पन्न भएको हो ।’

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...