वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

 

जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । घरबाटो सिफारिसका लागि एक सेवाग्राहीसंग चार लाख बढी रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ । स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए । घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ । पअख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...