स्याउ ल्याउँदा प्रहरीले १७ ठाउँमा चेक गर्छ, त्यो लागू औषध हो : ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

 

 राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गरेर दुख दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रहरीले १७ ठाउँमा चेक गर्ने गरेको बताए । उनले भने, ‘कर्णाली राजमार्ग अवरुद्ध भइरहेको छ, हामी अहिले ६ अर्बको स्याउ किनेर खाम्छौँ चीनबाट, जुम्लाबाट स्याउ आउँछ । राजमार्गको पहिरो पन्छाइँदैन । अलपत्र पारेर स्याउ बाटोमा कुइन्छ । किसान आत्महत्या गर्न बाध्य भइरहेका छन्। त्यति मात्रै होइन १७ ठाउँमा प्रहरीले चेक गर्छ, स्याउ हो कि त्यो लागू औषध हो ? उनले गृहमन्त्रीलाई स्याउ चेक गर्नुभन्दा सडक बनाएर किसानको उत्पादन बजारमा ल्याउने वातावरण बनाइदिन माग गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...