न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति गठन



 

 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ । गठबन्धनको शीर्ष नेताहरूको बैठकले सरकार गठन भएको दुई महिनापछि साझा कार्यक्रमलाई टुंग्याउन चार सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् भने एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि आज ४ बजे गठबन्धनको बैठक बस्दैछ ।असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । 

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्