बाढीले बगाउँदा बागलुङमा ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव भेटिएको छ । योसँगै बाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी प्रताप पौडेलले जानकारी दिए । बिहीबार राति १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध. २ प ८०१० नम्बरको मोटरसाइकल र ध. १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलदेखि दुई सय मिटर तलबाट निकालेर धौलागिरी अस्पतालमा लगिएको पौडेलले बताए । आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...